एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : विगत २४ घण्टामा प्र्रदेश २ मा थप ५७ जना संक्रमित फेला परेका छन् । प्रदेश नम्वर २ मा आज मात्रै ५७ ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हरेक दिन हुने प्रदेश सरकारको मिडिया व्रिफिङ्गमा जनाइएको छ ।
५७ मध्ये सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोतरी ४ जना, सर्लाहीमा १७ जना, रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जनामा संक्रमण पुष्टि भएको हो । यस संगै प्रदेश २ मा कुल संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।