एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ : पछिल्लो २४ घन्टामा देशमा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।
जस मध्ये प्रदेश २ मा एकै दिन धनुषामा २९ जनामा सहित ७६ जनामा संक्रमण भेटिएको छ । धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना संक्रमितहरु भेटिएको छ । सवैजना क्वारेन्टाइनमा बसेका पुरुषहरु हुन । यद्यपि प्रदेश २ को यो अपडेट आधिकारिक रुपमा सार्वजानिक हुन भने वाँकी छ ।