एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १३ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका गरि २४ घण्टामा एकै पटक थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक÷एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश २ मा मात्र ३५ नयाँ संक्रमित
त्यस्तै प्रदेश नम्वर २ को हकमा भने ३५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जस अनुसार सिराहा जिल्लामा ५ जना, धनुषा जिल्लामा १ जना, महोत्तरी जिल्लामा २ जना, रौतहट जिल्लामा २२ जना र बारा जिल्लामा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका सम्पूर्णको स्वास्थ्य अवस्था सामान्य रहेको तथा सम्वन्धित स्थलहरुबाट पायक पर्ने नजिकको कोभिड अस्पतालमा बिरामीहरुलाई ओइसोलेसनमा राख्ने र उपचार गर्ने ब्यवस्था मिलाईएको जानकारी गराउन चाहान्छु । यस प्रदेश नम्वर २ मा हालसम्म ७२ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् । निको भएका ७२ जनानै नारायणी अस्पताल बीरगंज पर्साबाट डिस्चार्ज भएका हुन् । जसमध्ये २०७७ साल बैशाख १४ गते २ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए । पछिल्लो समय २०७७ साल जेठ १० गते ९ जना र ११ गते १८ जना र हिजो २०७७ साल जेठ १२ गते ४३ जना ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।
पर्सा जिल्लामा पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ८ महिला र २० जना पुरुष गरी कुल २८ जनाको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
रौतहट जिल्लामा रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा १ महिला र १७ पुरुषगरी कुल १८ जना, रौतहट जिल्लाकै गौर नगरपालिकामा रहेको गौरीशंकर क्याम्पससमा निर्माण गरिएको आइसोलेसन कक्षमा २ जना पुरुष र रौतहटकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजमा कोरोना संक्रमित १२ जना पुरुषहरुको उपचार भइरहेको छ । बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३६ जना पुरुष र १ जना महिलागरी ३७ जना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ४ जना पुरुष र सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालमा कोरोना संक्रमित ५ जना पुरुषहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सप्तरी जिल्लाको गजेन्द्र नारायणशिंह सगरमाथा अस्पतालमा ३ जना, सिराहा जिल्लाको महेन्द्र गेनाइ अस्पतालमा २ जना, सिराहा अस्पताल सिराहामा ३ जना, बारा जिल्ला स्थित कलैया अस्पतालमा २ जना, बारा जिल्ला स्थित जितपुर उपमहानगरपालिकामा रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना, प्रादेसिक अस्पताल जनकपुरमा ५ जना, महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा ३ जना र पर्सा जिल्ला स्थित पोखरिया अस्पतालमा १ जना गरी कुल २४ जना कोरोना आसंकीत बिरामीहरुको उपचार भइरहेको छ ।