एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : धनुषा चेम्बर अफ कर्मशले ईद पर्वलाई मध्येनजर गर्दै अभावमा रहेका १ सय १ परिवारलाई खाद्यान्न समाग्री राहत स्वरुप वितरण गरेको छ । जनकपुरधाम वडा नं. ७ कार्यालयको समन्वयमा वडाका १ सय १ मुस्लिम परिवार जसलाई अभाव छ उनीहरुलाई राहत वितरण गरिएको कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साहले बताए ।

गरिव, विपन्न र अभाव भएका मुस्लिम परिवारमा समेत ईदकौ हदै सम्म खुसियाली होस भन्ने उद्देश्यले राहत वितरण ग¥यौं अध्यक्ष साहले भने, ‘सहयोग गर्नुहुने वडा कार्यालय, प्रहरी प्रशासन, चिकित्सक, युवा अगुवा सवैलाई धन्यवाद ।’ सामाजिक दूरी कायम, सेनिटाइजरको प्रयोग र तापक्रम समेत मापन गरेर सामग्री वितरण गरिएको बताइएको छ ।

सो अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, प्रहरी उपरीक्षक रमेश बस्नेत, शसस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, वड़ा अध्यक्ष जानकी राम साह, युवा अगुवा जानी खान, साजिद हुसेन, सलामत राइन, कर्मशका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र सहित हसन साफी, जितेन्द्र साह, अमित पाठक लगायत समाजसेवी, नागरिक समाज, नागरिक अगुवाहरुको उपस्थिति थियो रहेको थियो ।

