एसपी रिपोर्टर
विराटनगर, जेठ ४ : आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा संक्रमण पुष्टि गरेको छ । यस संगै नेपालमा कुल संक्रमित २ सय ९५ पुगेको छ ।