एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ४ :
नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरेका छन् ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वाँसप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको बताइएको छ ।