FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

संक्रमितको बिजोग– ‘लुगा फेर्ने त पर जाओस, जाबो गिलास माँगेको दुई दिन भयो अत्तो पत्तो छैन’

जनकपुरधाम प्रादेशिक अस्पतालको पिसिआर मेशिनले फेरि दियो धोका, आइशोलेसनमा पाँचजना

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३ :
देशमा तिनतहको सरकार भनिन्छ तर सरकार कस्तो हुन्छ भन्ने अनुभुति हुन सकेको छैन । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ५४ औं दिन चलिरहँदा समेत तिनैतहको सरकार कोरोना संक्रमितहरुको लागि कुनै पनि व्यवस्थापन गर्न नसकेर नक्कमा सावित भएको छ ।

एक त आफै संक्रमित थप त्यसमा परिवारका बालबच्चा सहित सदस्यहरु पनि क्वारेन्टाइनमा राखिएको चिन्ता, न पिउने पानी छ न त फेर्ने कपडा नै जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा रहेका संक्रमितहरुको यस्तै पिडाले अहिले उनीहरुको बिजोग छ तर सुन्ने कोहि पनि छैन । रोगको डर र भय तथा आफनो समस्या र पिडाहरु त छदैछ बालबच्चाहरु जो क्वारेन्टाइनमा छन उनीहरुको समस्या र चिन्ताले समेत उनीहरुको मनोबल टुटेको छ ।

आइशोलेसनका एक विरामी भन्छन, ‘यस अघि आइशोलेसनवाट विरामीहरु किन भागेको होला सुन्दा अच्चम पर्थे तर आज वास्तिवक थाहा पाउदै छु ।’ उनले उपचार र हेरचाह नै नहुने भए अस्पतालमा आइशोलेट भएको कुनै तुक नै नरहेको बताए । घरवाट कपडा पठाएको पनि २४ घण्टा भयो तर कपडा आफुले अझै पाउन नसकेको संक्रमितको भनाई छ । पानी खान कुनै पनि गिलास भए हुने भन्दै गिलास माग्यौं तर दुई दिन भयो गिलास पाइएको छैन, उनीहरुको दुःखेसो छ ।

यस सन्दर्भमा बुझन खोज्दा अस्पताल प्रशासन र सम्बन्धित निकायहरुको फोन उठनै गा¥हो भयो । एकजना फोनमा कुरा गरेपनि नाम नउल्लेख गर्ने सर्तमा आइशोलेसनमा कुल २६ जनाको डयुटी तालिका रहेको बताए । स्वीपर, नर्श र डाक्टर सहित २६ जनाको डयुटी निर्धारण गरिएको बताउदै उनले अनभिज्ञता प्रकट गरेका छन् । तर संक्रमितले भने आफुहरु डाक्टर, नर्श र कर्मचारीको मुख नै नहेरेको बताउछन् । फोन गरि हालखवर सोध्ने वाहेक अरु केहि पनि नरहेको उनीहरुको भनाई छ ।

क्वारेन्टाइनमा परिवारजनको आफनै पिडा

संक्रमितका परिवारजन जो क्वारेन्टाइनमा छन उनीहरुको पनि आफनै पिडा छ । क्वारेन्टाइनमा जनावर सरह व्यवहार हुने गरेको क्वारेन्टाइनवासीहरुको गुनासो छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित स्वस्तिक हस्पिटलमा सञ्चालित क्वारेन्टाइन सरकारी मापदण्ड विपरीत रहेको र सरसफाइको कुनै व्यवस्थापन नरहेको क्वारेन्टाइन बसेकी एक महिलाले बताएकी छिन । उनले भनिन– ‘सरकारले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा व्यवस्थित तरिकाले राख्ने मापदण्ड बनाएको छ तर यहाँ कुनै सुविधा छैन ।

श्रीमान जनकपुरधाम स्थित आइशोलेसनमा रहेको पिडाका बिच आफ्नो ५ बर्षीय र २ बर्षीय दुई बच्चासहित क्वारेन्टाइनमा रहेकी उनले आफुसंग मानवीय व्यवहार नभई जनावर जस्तै व्यवहार भइरहेको आरोप लगाएकी छिन । उनले भनिन, ‘खाना दिइएको छैन बच्चाहरु दूई दिनदेखि घरबाट ल्याएको बिस्कुट र चाउचाउ खाएर बसेका छन् । तिन दिनदेखि यहाँ बसेको छु तर सफाइ कर्मचारीको अहिलेसम्म मुख पनि हेरेको छैन ।’

जेल जस्तो व्यवहार खेप्नु परिरहेको सुनाउँदै उनले तीन दिनमा एक दिन मात्रै खाना दिइएको र खाना पुर्याउन आउने व्यक्ति जनावरलाई जस्तै खाना फालेर भाग्ने गरको दुःखेको व्यक्त गरेकी छन् । क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने नियम सरकारले तोकेको छ । क्वारेन्टाएनमा बस्नेहरुका लागि स्वास्थ्य, सञ्चार, पानी र विद्युतको व्यावस्था गर्नुपर्ने हुन्छ । तर यहाँ एउटै कोठामा ११ जनालाई एकमिटर भन्दा पनि कम दुरीमा राखिएको उनले दुःखेसो सुनाइन् ।

क्वारेन्टाइनमा बस्नेहरुका लागि बिहान ७ः३० देखि ८ बजेसम्म चिया र खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिवा खाजा, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिने सरकारी मापदण्डमा तोकिएको छ । खानाको व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई मध्यनजर गरी स्वस्थ्यकर खानाको प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ । तर क्वारेन्टाइनमा साँझ बिहान पनि खाने प्रबन्ध नभएको व्याप्त गुनासाहरु क्वारेन्टाईनमा बस्दै आएकाहरुको छ । यस्ता पिडाहरु भोगिरहेका आइसोलेशनका विरामीहरु एउटै स्वरमा भन्छन, ‘यस्तो तनावमय उपचार भन्दा त जहर खाएर मर्नु वेस ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy