FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कोरोना परिक्षणमा डा. रञ्जितले देखायो नयाँ वाटो ‘पुलिङ टेष्ट’, एउटै किटले ५ जना सम्मको परीक्षण गर्न सकिने

कोरोना परिक्षणमा नेपालका पर्दा पछाडिका हिरो डा. रञ्जित साह, प्रयोगशालाको परिक्षण टिमका अग्रदुत

एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० :
कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउने प्रभावकारी परीक्षण विधि हो पिसिआर । यसका साथै सरकारले भाइरस विरुद्ध शरीरमा बनेको एन्टीबडी पत्ता लगाउन आरडिटी विधिको प्रयोग पनि गरिरहेको छ । तर, आरडिटीका विषयमा विश्वभर प्रश्न उठिरहेको छ। नेपालमा पनि आरडिटीका विषयमा प्रश्न उठिरहेको छ ।

विज्ञहरुले शरीरमा कोरोनाको भाइरस भए÷नभएको पत्ता लगाउन पोलिमरिज चेन रियाक्सन अर्थात् पिसिआर परीक्षणको दायरा बढाउन सुझाव दिइरहेका छन् । शंकास्पद बिरामीको कोरोना परीक्षण गर्न एक व्यक्तिलाई एक किटको आवश्यक पर्छ। यदी संक्रमितको संख्या यही हिसाबले बढ्दै जाने हो भने पिसिआर किटको खपत पनि धेरै हुने देखिन्छ। विश्वमै किटको अभाव भएपछि नेपालमा पनि पिसिआर किटको अभाव हुन थालेको छ ।

पिसिआर किटको अभाव भइरहेको समयमा परीक्षको दायरा बढाउने विकल्प छैन त ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सल्टेण्ट माइक्रोबायोलोजिस्ट एवं सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह भन्छन, ‘अवश्य छ ।’ उनका अनुसार पिसिआर परीक्षणको दायरा बढाउने त्यो विकल्प हो – ‘पुलिङ टेष्ट ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुलिङ टेष्टलाई औपचारिक स्वीकृति पनि दिएको छ । मन्त्रालयले बिहीबार स्वीकृति दिएका कारण अब पुलिङ टेस्टको काम हुने प्रयोगशालाले जनाएको छ । मन्त्रालयले पाँच जना सम्मको नमूना मिसाएर परीक्षण गर्न सक्ने गरी स्वीकृति दिएको हो ।

पुलिङ टेष्टको माध्यमबाट एकै पटक थोरै किटले धेरैको कोरोना परीक्षण गर्न सकिन्छ। यही विकल्प माथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काम गर्दैछ। एउटै किटबाट पनि ५ देखि १० जनाको एकै पटक कोरोना परीक्षण गर्न सकिने डा शाह बताउँछन् । पुलिङ टेष्टमा कुनै शंकास्पद पाँच जना व्यक्तिको नमूना संकलन गरिन्छ। संकलन गरिएका पाँचै जनाको नमूना एउटै ट्युबमा राखेर मिसाइन्छ। जसमध्ये एक जनाबाट १४० माइक्रो लिटर नमूना निकालेर त्यसलाई एउटै नमूनाको रुपमा कोरोना परीक्षण गरिन्छ। एक जनाबाट १४० माइक्रो लिटरका आधारमा पाँच जनाको ७ सय माइक्रो लिटर हुन्छ र त्यसलाई परीक्षण गरिन्छ ।

उक्त नमूनाको रिपोर्ट नेगेटिभ आए पाँचै जनाको नमूना पुनः परीक्षण गर्नु पर्दैन। यो हिसाबले बाँकी चार वटा किट बचत गर्न सकिन्छ। तर नमूना पोजेटिभ आए पाँच जना सबैको छुट्टा छुट्टै पुनः परीक्षण गर्नुपर्ने हुन्छ । डा शाहले भने, ‘हाम्रो जस्तो सीमित स्रोत साधन भएको देशको लागि पुलिङ टेष्ट सबैभन्दा राम्रा विकल्प हो। हामी अब यही अनुसार काम गर्दैछौं ।’ स्वाब संकलन गर्दा शंकास्द बिरामीबाट प्रयोगशालाले ३ एमएल स्वाब संकलन गर्ने गर्छ। जसमध्ये सबैको १ सय ४० एमएल स्वाब निकालेर मिसाईन्छ। त्यसैले उनीहरुको पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गर्न जानु भने पर्दैन। पहिले संकलन गरिएका नमूनाबाटै परीक्षण गर्न सकिन्छ ।
पोजेटिभ नमूनामा नेगेटिभ नमूना मिसाउँदा नतिजामा के फरक पर्छ? भनेर पत्ता लगाउन डा शाहले एक प्रयोग गरे। उनले एउटा पोजेटिभ नमूनालाई ९ नेगेटिभ नूमनासँग मिसाए र मिश्रित नमूना परीक्षण गरे। त्यसो गर्दा पोजेटिभ भ्यालुमा खासै फरक परेन अर्थात् नतिजा पोजेटिभ नै आयो । संक्रमित दर कम भएको देश र ठाउँमा पुलिङ टेष्ट उपयोगी हुने उनले बताए। उनका अनुसार पुलिङ टेष्ट जर्मनी जस्ता विकसित राष्ट्रमा पनि प्रयोग गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा परीक्षणको दायरा बढाउन विज्ञहरुले लामो समयदेखि सुझाव दिँदै आएका छन्। परीक्षणको दायरा बढाउन भन्दै सरकारले १८ स्थानमा पिसिआरबाट कोरोनाको परीक्षण सुरु गरेको छ । तर किटको अभाव हुँदै गएपछि देशका केही स्थानमा पिसिआर परीक्षण रोकिएको छ । सरकारले बिहीबार मात्र थप ३० हजार पिसिआर किट सिंगापुरबाट ल्याउँदैछ । यदी संक्रमितको संख्या बढ्दै जाने हो भने अझै पिसिआर किटको आवश्यक पर्ने देखिन्छ ।

साभार : स्वास्थ्यखवर डटकम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy