एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २६ : धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले धनुषाको विभिन्न क्वारेन्टाइनको स्थलगत अवलोकन गरिरहेको बताएका छन् । एसपी खवरसंग कुराकानी गर्दै सहायक सिडिओ पोखरेलले अवलोकनकै क्रममा विभिन्न स्थानिय तह स्थित क्वारेन्टाइनहरुमा पुग्ने गरेका छन् ।
हटबजार, भजन किर्तन, मेला उत्सव, बादविवाद जस्ता गतिविधीहरु नियन्त्रण गर्न समय समयमा सचेत गराउनका लागि स्थानिय सरकारहरुसंग समन्वय गरे अवलोकन समेत आवयश्क रहेको उनी बताउछन् । सहायक प्रजिअ पोखरेलले बिहान बेलुकीको समयमा अनावयश्क भिडभाड हुने गरेका समेत त्यस समयमा कडाई गर्न आवयश्क रहेको बताए । व्यक्तिगत जनचेतनाको अभावका कारण समेत केहि समस्या रहेकाले त्यसको समाधानका लागि पहल भइरहेको उनको भनाई छ ।
राष्ट्रिय निति अनुसार भारतसंगको कुल ४९ किलो मिटर सिमानाकामा नेपाल प्रहरी र शस्त्र प्रहरी तैनाथ गरि सुरक्षा कडाई गरिरहेको बताउदै उनले लुकिछिपी हुन सक्ने सम्भावित मानविय प्रवेशमा रोक लगाउदै आपुर्ती व्यवस्था सहजका लागि मालवाहक सवारी साधनलाई अवरोध नभएको बताउछन् ।
निशुल्क भोजन शिविरहरुको समेत स्थलगत अवलोकन
त्यस क्रममा प्रदेशसभा सदस्य रामअशिष यादव समेतको सहभागितामा हँसपुरको वडा नं. १ भगवानपट्टीमा सञ्चालित निशुल्क भोजन शिविरको समेत अवलोकन गरिएको छ । करिव १५ दिन देखि त्यहाँ निशुल्क शिविर सञ्चालन गरि गरिव विपन्नहरुका लागि भोजन व्यवस्थापन गरिएको छ । त्यस काममा स्थानिय युवा दिपेन्द्र कापरी तथा स्थानीय नेता बिष्णु कापरी, किसुन दास तथा समाजसेवी बलिराम कापरीले सहयोग गरेका छन् ।
भोजन व्यवस्थापनमा सामाजिक दायित्व बुझ्दै प्रदेश सांसद राम अशिष यादवले समेत चामल र तेल सहयोग गरेका छन् । भोजन व्यवस्थापकले अन्य सहयोगीहरु अनित मंडल, सुरेश कापर, किसन कापर, कमल कापर तथा बिनय कुमार ठाकुरहरुको सहयोगबाट निरन्तर सम्पन्न हुन्छ ।