एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २५ : विश्व सहित नेपालमा समेत कोरोना माहामारीको जोखिम फैलिएपछि त्यस विरुद्ध अग्रनी मोर्चामा लडने योद्धाहरुप्रति सम्मान प्रकट गर्न मनोबल बढाउन आज दीप प्रज्वलन गरिएको छ । माहामारीका बिच त्यस विरुद्व लडन र विरामीहरुको उपचारमा आफनो ज्यान समेत जोखिममा राखेर काम गर्नेहरुको मंगल कामना र सम्मानमा दिप प्रज्वलन गरिएको हो ।


जनकपुरधामको जानकी मन्दिर प्राङ्गण, रामानन्दचौक स्थित रामानन्द प्रवेशद्वारका साथै घर घरमा दिप प्रज्वलन गरि महामारीको जोखिममा अग्रणी मोर्चामा रहि काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, नर्श, सफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सेवाकर्मी सहितको मनोबल बढाउन सम्मान स्वरुप साँझ ७ बजे दिप प्रज्वलन गर्न सरकारले आवहान गरे बमोजिम दिप प्रज्वल गरिएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा समेत दीप प्रज्वलन गर्न आग्रह गरे बमोजिम जनकपुरधाम सहित देशैभरि आज दीप प्रज्वलन गरिएको हो । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

बुद्ध जयन्तीको मंगलमय शुभकामना सहित दिप प्रज्वलन गरि ति योद्वाहरुप्रति धन्यवाद समेत ज्ञापन गरिएको छ ।
