एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ : धनुषा निर्वाचन क्षेत्र ३ का सांसद तथा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफनो क्षेत्रमा खाद्यान्न समाग्री तथा स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेका छन् । क्षेत्रमा पर्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव र मुखियापट्टी मुसरनिया गाँउपालिकाका अध्यक्ष मनोज यादवको हातवाट क्षेत्रका कुल २० स्वास्थ्यचौकी र धनौजी गाँउपालिकाका स्थित क्वारेन्टाइन गरि कुल २१ स्थलमा लाखौं मोल बराबरको समाग्री सहयोग गरेका हुन ।

महतोका निजि सचिव बिन्द किशोर साहका अनुसार निर्वाचन क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा प्रत्येक स्थलमा १ थर्मल गन, २ पिपिई, ५० मास्क, १ सयजनाका लागि ग्लोब्स र १ बोतल सेनिटाइजर हस्तान्तरण गरिएको छ । तिनैवटा पालिकाका प्रमुख सहित जिससका उपप्रमुख दिपक झा, नेताहरु संजय सिंह, मनोज चौधरी, प्रमोद यादव सहितको उपस्थितीमा सो सरसमानहरु वितरण गरिएको साहले बताए ।

साथै यसअघिनै जनकपुरधामको विभिन्न वडाहरुमा गरिव विपन्न तथा अभाव भएकाहरुको लागि वितरण भइरहेको भोजन निर्माण स्थलमा १२ क्वीन्टल चामल समेत प्रदान गरिएको थियो । एसपी खवरसंग कुराकानी गर्दै सांसद महतोले सहयोग गरिएको समानहरुले केहि भएपनि सहयोग हुने बताउदै आफुहरु मधेशका जनताको र्दिघकालिन हितका लागि लडिरहेको बताए ।