संजय साह
जनकपुरधाम, वैशाख १४ : प्रदेश २ का सामाजिक विकास मन्त्रीद्वारा नवलकिशोर साहले जनकपुरधाम प्रादेशिक अस्पताल अन्तर्गतको जनकपुरधाम नर्सिङ्ग क्याम्पसमा तयारी भइरहेको ५० शैयाको आइसोलेशन कक्षको निरिक्षण अवलोकन गरेका छन् ।
आईतवार मन्त्री साह तयारी भइरहेको आइसोलेशन वार्डको सम्पुर्ण विषयमा जानकारी लिनुका साथै यथासिघ्र सञ्चालनमा ल्याउने गरि काम गर्न निर्देशन दिएका छन् । प्राविधिकहरुका अनुसार मंगलवार सम्म आइसोलेशन वार्ड तयार हुने समेत मन्त्री साहले जानकारी गराएका छन् ।
साथै मन्त्री साह आइतवारनै धनुषाको नगराईन नगरपालिका स्थित क्षेत्रीय प्रादेशिक क्वारेन्टाइनको समेत निरिक्षण गरेका छन् । मन्त्री साह नगराईन स्थित सेनाको रेखदेखमा रहेको क्वारेन्टाइन व्यवस्थित रहेको प्रशंसा गर्दै प्रदेश सरकार अर्का क्वारेन्टाइनहरुलाई पनि यस्तै स्तरीय क्वारेन्टाइन बनाउन समेत सवै पक्षलाई निर्देशन दिएका छन् ।
निरिक्षण टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, नेपाली सेनाका पृतनापती सुरेशकुमार कार्की, प्रदेश स्वास्थ आपुर्ती केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादव लगायतको उपस्थित रहेको थियो ।