एसपी रिपोर्टर
काठमाडौं, वैशाख १४ : सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो । आज बसेको मन्त्री परिषदको बैठकले थप १० दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि वैशाख १५ अर्थात भोली सोमवार सम्म लकडाउन हुने तय भएको थियो ।