एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ : प्र्र्रस्तुत तस्वीर मटिहानी नगरपालिका वडा नं. ४ मझौराको हो । महामारीको भय र त्रासका लकडाउन जारी गरिएका वेला वडाका सचिव चन्देश्वर यादवको कर्तुत कुनै पनि रुपले सहि देखिदैन । सिमावर्ती क्षेत्रका बासीन्दालाई यस महामारीमा यसरी भिडभाड लगाएर बृद्वभत्ता बाँडीरहेका सचिव यादवलाई कारवाही किन नगर्ने प्रश्न स्थानिय युवाहरुको छ ।
महिनौ महिनाको पैसा दिन आनाकानी गर्दै आइरहका सचिव र वडा अध्यक्षले जोखिमका बिच यसरी भिडभाड गरेर बृद्वभत्ता बाँडने गरेका छन् । कोरोनाको संक्रमणवाट सवै भन्दा जोखिम मानिने बृद्ववृद्वाहरु नै रहेको अवस्थामा स्थानिय सरकारको यो हर्कत दण्डनिय छ । समयमा बृद्वबृद्वालाई उनीहरुको हकअधिकार नै रहेको भत्ता दिन नसक्ने स्थानिय सरकार यसरी जोखिमका बिच असुरक्षित तरिकाले वितरण गर्दा जोखिम बढेको स्थानियहरुले एसपी खवरलाई जानकारी गराएको हो ।
वाड अध्यक्ष मुदिन राइनले यस विषयमा गम्भिरता नदेखाएको स्थानियको गुनासो छ । वृद्ववृद्वाहरु प्रति गम्भिरता देखाउनु पर्ने र उनीहरुलाई सुरक्षित घरमा राख्नुपर्ने बेलामा यसरी भिडभाड गर्न लगाउनु गम्भिर लापरवाहीको प्रस्तुती हो । ८ देखि १० महिना सम्मको वृद्वभत्ता वाँकी राखेर यस्तो वेला भिडभाड गरि बिना सुरक्षा वितरण गर्ने स्थानिय सरकारका प्रतिनिधीलाई कारवाही गर्ने की नगर्ने ? स्थानियको प्रश्न छ ।