एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ११ : जनकपुरधाममा उपचार गराएर घर फर्किएका सर्लाहीका एक किशोरमा कोरोना संक्रमण पुष्टी भएको छ । सर्लाहीमा आरडिटी टेष्ट पोजेटिभ आएपछि जनकपुरधाम प्रादेशिक अस्पताल ल्याएर पिसिआर परिक्षण गर्दा उनको नतिजा नेगेटिभ देखिएपछि उनलाई घर फर्काइएको थियो । भारतवाट आएका धनकौल गाँउपालिकाका १४ वर्षिय किशोरको टेकु अस्पतालमा जाँच गर्दा भने रिपोर्ट पोजेटिभ आएको छ ।
यस संगै नेपालमा आजै थप दुईजनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । उदयपुरकी थप एक ५५ वर्षिय महिलामा पनि आजै कोरोना संक्रमण पुष्टी भएको छ । यस संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४७ पुगेको छ भने अहिले सम्म ९ जना निको भएर घर फर्केका छन् ।