एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : उदयपुरमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर बिधिबाट परीक्षण गरिएका थप तिन जना उदयपुरकै भएको जनाइएको छ। उदयपुरबाट स्वाब ल्याई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। आज पुष्टि भएकोमा उदयपुरका २४, ६० र ७२ वर्षका पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ भएको छ ।
थप दुई घर फर्किए
थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन भने अर्का कञ्चनपुरका पुरुष भारतबाट आएका हुन् ।