एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : गैर सरकारी संस्था आसमान नेपालले प्रदेश सरकारलाई कारोना रोकथाम र सुरक्षाका लागि आवयश्क सरसमानहरु सहयोग गरेको छ । आसमानका पदाधिकारी तथा कर्मचारीहरुले प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहलाई बुधवार विभिन्न सरसमान हस्तान्तरण गरेको हो ।
समानहरुमा आइ आर थर्मोमिटर १० थान, डिस्पोजल ग्लोब्स ५० थान, एन ९५ मास्क ५० थान र सेनेटाइजर २ सय एमएलको १ सय थान रहेको छ । त्यसैगरि गगल्स ३० थान, गाउन ९० थान, मास्क ३ सय थान, क्याप ३ सय थान र डिस्पोजल गलब्स ३० थान प्रदान गरिएको छ । मन्त्री साहले गैर सरकारी संस्थाहरु, वितिय संघ संस्थाहरु समेत महामारीका वेला समाज र प्रदेशको सुरक्षाका लागि देखाएको तत्परता सराहनीय रहेको बताए । मन्त्री साह असमान नेपाललाई धन्यवाद समेत दिएका छन् ।