एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : एकै दिन १२ गरि कुल १३ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद देखिएपछि थप परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन ः परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा हुने परीक्षणपछि मात्र निश्चित हुने ती चिकित्सकले बताए ।