FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मुस्लिम अगुवालाई धनुषाका सिडिओको आग्रह, कोहि लुकेर बसेको छ भने वाहिर ल्याउन सहयोग गरौं

मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका धार्मिक संरचनाहरुमा आगन्तुकलाई बस्न दिन नपाइने

मुस्लिम अगुवालाई धनुषाका सिडिओको आग्रह, कोहि लुकेर बसेको छ भने वाहिर ल्याउन सहयोग गरौं

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ८ :
धुनषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले धनुषाका धार्मिक अगुवाहरुलाई बोलाएर जिल्लामा धार्मिक स्थलहरुमा कोहि लुकेर बसेका छन भने उपचार तथा क्वारेन्टाइनमा ल्याउनमा सहयोग गर्न आग्रह गरेका छन् । विभिन्न राजनितिक दलका मुस्लिम प्रतिनिधीहरु तथा केहि मौलानाहरुलाई समेत बोलाएर प्रमुख जिल्ला अधिकारी निरौलाले बिना मुस्लिम अगुवा र मौलानाहरुको सहयोगले जमातीहरुको बारेमा जानकारी पाउन नसकिने भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । बैठकमा मन्दिरका महन्थहरुलाई समेत बोलाइएको थियो ।

प्रजिअ निरौलाको अध्यक्षतामा जिल्लाको समग्र शान्ति सुरक्षा, सामाजिक सदभाव र धार्मिक सहिष्णुता सम्बन्धमा बसेको बैठकमा संजोगले कुनै काम प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका पुर्व मन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादव समेत उपस्थित थिए ।
कार्यालयका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी गणेशचन्द्र मिश्रद्वारा जानकारी गराइए अनुसार बैठकवाट विभिन्न निर्णयहरु समेत गरिएको छ ।

यस्तो छ निर्णयको पुर्णपाठ

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.नं. ३५८७ मिति २०७७÷१÷७ को सामाजिक सदभाव सम्बन्धि पत्र प्राप्त भई व्यहोरा बैठकमा अवगत भयो, जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बा लगायतका धार्मिक संरचनाहरुमा नव आगन्तुक तथा अपरिचित व्यक्तिहरुलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने निर्णय गरियो ।

कोभिड–१९ को प्रभाव नियन्त्रण सम्बन्धि चेकजाँच लगायतका प्रहरी प्रशासन र स्वास्थ्यकर्मीहरुबाट गरिने कृयाकलापहरुमा सम्पूर्ण पक्षहरुले आ–आफ्नो तर्फबाट सक्रिय सहयोग गर्ने निर्णय गरियो, कोभिड–१९ सम्बन्धि कुनै पनिअफवाहहरुमा विश्वास नगर्ने तथा यस सँग सम्बन्धित अपुष्ट जानकारी कुनै पनि माध्यमबाट (सामाजिक संजाल समेत) नफैलाउनका लागि सर्वसाधारणमा आ–आफ्नो तर्फबाट अनुरोध गर्ने निर्णय गरियो । यसरी सामाजिक संजालबाट अपवाह फैलाउने सामाजिक सद्भाव भडकाउने÷भाडकाउन उक्साउनेलाई कानूनी कारवाहीको दायरामा ल्याउने निर्णय गरियो ।

वर्तमान परिस्थितिमा नागरिक समाजका सम्पूर्ण अगुवाहरु, धार्मिक संस्थाका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु लगायतले समाजिक सदभाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिन आ–आफ्नो तर्फबाट संवेदनशिल भई लकडाउनको पालना गर्न, गराउन सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय गरियो । संघ, प्रदेश र स्थानिय तहबाट वितरण भैरहेको राहतलाई लक्षित वर्ग सम्म प्रभावकारी रुपमा पारदर्शी र विना भेदभाव वितरण गर्न सबैले सहयोग गर्ने ।

साथै बैठकमा विभिन्न राजनितिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको समेत उपस्थिती थियो ।

राष्ट्रिय मुस्लिम आयोगको यस्तो छ निर्देशन

नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्यांक दुई दिन भित्र संकलन गर्न राष्ट्रिय मुस्लिम आयोगले निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो । उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।

बैठकले देशभरका मस्जिद र मदरसाहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउन अध्यक्ष अन्सारीकै संयोजकत्वमा सात सदस्यीय केन्द्रीय समन्वय समितिसमेत गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, सांसद शेख चाँदतारा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सत्तार र धर्म गुरुहरु खुर्शिद इस्लाही (ओलमा) र खालिद सिद्धिकी (ओलमा) रहेका छन् । समिति जिल्लामा पनि बनाउने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्नेछ । मुस्लिम समुदायकोे महान् पर्व रमजान चार÷पाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भीडभाड हुन नदिनका लागि आयोगले अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

10 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy