एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : सडकमा पैसा फालेर समाजमा त्रास बढाएको आरोपमा पक्राउ परेकी दुवै महिलाहरु सहित आइशोलेसनमा राखिएको तिनैजनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले दिउँसो १ बजेर १५ मिनेटमा सम्पुर्ण रिपोर्ट आएको बताउदै तिनैजना महिलाको रिपोर्ट नेगेटिभ आएको बताए । एसपी खवरसंग कुराकानी गर्दै प्रदेश प्रयोगशालाका निम्ति निर्देशक डा. रामबिनय साहले १ बजेर १५ मिनेटमा रिपोर्ट आएको र तिनैजना महिलाहरुको रिपोर्ट निगेटिभ आएको बताए ।
शुक्रवार सडकमा पैसा फालेको आरोपमा पक्राउ परेकी दुईजना र जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा रहेको एकजना महिला शंकाष्पद भेटिएपछि आइसोलेशनमा भर्ना गरिएको थियो । डा. साहले भने, ‘माता जानकीको कृपाले नतिजा नेगेटिभ आयो जनकपुरधामवासी डराउनुपर्ने अवस्था रहेन, यद्यपि सचेत रहन आवयश्क छ ।’
एता धनुषा प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले रिपोर्टको बारेमा आफुलाई अझै जानकारी नरहेको नरहेको बताउदै यदि रिपोर्ट निगेटिभ आयो भने महिलाहरुलाई छाडिने बताए । रिपोर्ट निगेटिभ आएपछि अनुसन्धानको कुनै कुरै भएन भन्दै कार्कीले त्यसपछि पक्रिया पुरा गरेर उनीह्रु दुवैजनालाई छाडने बताए । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नंं ५ बहुअर्वा बस्ने वर्ष ५० की अमुना खातुन र उनकी नन्द जनकपुरधाम वडा नं. ७ बस्ने वर्ष ३५ की अलिना खातुन रहेकी छन्