एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : प्रदेश नं. २ को प्रदेश सभा सचिवालयले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन सर्बदलिय संसदीय समितीले प्रदेशका विभिन्न स्थानमा पुगेर प्रदेश सरकारद्वारा भइरहेको कामकारवाहीको स्थलगत अनुगमन गरेको छ । समितिका संयोजक समाजवादी पार्टीका सचेतक शैलेन्द्र कुमार यादब र सद्स्यहरु राजपाका परमेश्वर साह, कांग्रेसका राम सरोज यादव, नेकपाका राम चन्द्र मण्डल र सचिबालयका डा.अजय मिश्रा सहितको टोलिले बाराको कलैया जिल्ला अस्पताल र बिरगंजको क्षेत्रीय अस्पतालको निरीक्षण अनुगमन गरेका हुन ।
साथै विश्वव्यापी महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारको भुमिका लाई अझ कसरी शसक्त र प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल समेत भएको छ । समितिको टोलीले प्रदेशको विभिन्न स्थानको अस्पतालहरुमा पुगेर विरामीले पाउने गरेको उपचार, कोरोनाको परिक्षण र क्वारेन्टाइनको अवस्था सहितको विषयमा बुझेको सभामुख सरोज कुमार यादवका राजनितिक सल्लाहकार अनिल महासेठले बताए ।