एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : जनकपुरधाम उपमहानगरपालिकाले वडा नं. ७ को विभिन्न गल्ली, नाला, मस्जिद सहितमा निस्संक्रमण औषधी सेनिटाइज छर्ने काम गर्न थालेको छ । आइतवार नगर प्रमुख लालकिशोर साह आफनै नेतृत्वमा वडाको विभिन्न स्थानमा पुगेर सेनिटाइज गराएका छन् । वडा नं. ७ वाटै दुईजना महिला सडकमा पैसा फालेर त्रास बढाएको आरोपमा पक्राउ परेको र महिलाको रयापिड टेष्ट पोजेटिभ देखिएपछि शनिवार वडामा आकस्मिक बैठक समेत गरिएको थियो ।

आइतवार विहानै प्रमुख साह आफै पुगेर वडा नं. ७ को मस्जिद, सार्वजानिक स्थल सहितको मा सेनिटाइज गर्न लगाएका हुन । सो कार्यमा वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहको उपस्थिती देखिएपनि सोहि क्षेत्र निवासी उपप्रमुख रिता झाको भने उपस्थिती देखिदैन । यद्यपि उपमहानगर प्रमुख सहित उनको घर अगाडि पुगेको उपमहानगरपालिकाको टोली संग उनले घरमुनि उभिएर छलफल गरिरहेको भने देखिन्छ ।
