एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ वाट पक्राउ परेकी महिलाको रयापिड टेष्ट पोजेटिभ देखिएपछि वडामा आपतकालिन बैठक बसेको छ । जनकपुरधामका मेयर लालकिशोर साह, वडा अध्यक्ष जानकी राम साह सहितको उपस्थितीमा बोलाइएको बैठकमा महिलाको विगत केहि दिनको गतीविधी, आनजान र सम्पर्क गरेकाहरुको बारेमा छानविन सहित अव कसरी आगाडि बढने विषयमा छलफल भइरहेको छ । बैठकमा वडाका सवै क्षेत्रका अगुवाहरुको सहभागिता रहेको छ ।
