एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ४ : जनकपुरधामको प्राविधिकहरु अर्थात ईन्जिनियर टीमद्वारा चिकित्सहरुको सुरक्षा कब्च मानिने स्वाब कलेक्शन बुथको व्यवस्था गरिएको छ । स्वाब संकलन गर्दा चिकित्सहरुलाई समेत जोखिम र संक्रमणको खतरा रहेकाले प्राविधिकहरुले स्वाब संकलनका लागि सुरक्षित मानिने बुथ जनकपुरधाम प्रादेशिक अस्पताललाई प्रदान गरिएको छ ।

कोरोना परिक्षण स्थल यस अस्पतालमा कोरोना संक्रमणबाट डाक्टरहरुलाई बचाउने कब्च स्वाब कलेक्शन बूथ जनकपुर प्रदेशिक अस्पताल लाई हस्तांतरण गरिएपछि चिकित्सकहरुलाई हदै सम्म राहत हुने अर्थ क्लिन ग्रिन फाउन्डेशनका ई. दिपु ठाकुरले बताएका छन् । नेपाल इन्जिनियर एशोसिएसन प्रदेश २ को प्राविधिक सहयोग र भौतीक पुर्वाधार विकास मन्त्रालय प्रदेश २ को खानेपानी डिभिजन कार्यालय महोतरीको आर्थिक सहयोगमा ईन्जिनियरहरु दिनेश कुमार गुप्ता, लक्ष्मण कुमार यादव, दिपु ठाकुर, रनधिर झा, अजित यादव, भावेश मिश्र र हस्मत अन्सारीका साथै डा. सुधिर भगत सहितको संयुतm प्रयासमा सुरक्षा समाग्री अस्पताल सहित महोतरी र अन्य केहि अस्पतालमा समेत प्रदान गरिएको छ । समुहले प्रादेशिक अस्पतालका अध्यक्ष संजय सिंह, चिकित्सक डा. जामुन सिंह सहितकालाई सो बुथ हस्तान्तरण गरेको छ ।