एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : युवा मेयर नेतृत्वको शहिदनगर नगरपालिकाले नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेको सवैको स्वाव परिक्षण समपन्न गरेका छन् । नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेको कुल १७ जनाको स्वाब परिक्षण गरिएको र नतिजा निगेटिभ आएपछि घर फर्काइएको समेत मेयर उदय बरबरिया यादवले बताए । मेयर बरबरियाले सवैको नतिजा नेगेटिभ आएपछि खुसी व्यक्त गर्दै आज थपिएको छ जनाको समेत छिट्टै स्वाब परिक्षण गरि निधो लगाइने बताए ।
मेयर बरबरियाले धनुषामा सवै भन्दा पहिला नगरपालिका भित्र भारत सहितका अन्य देशहरुवाट आएका कुल १७ जना सवैको पता लगाएर क्वारेन्टाइनमा भर्ना गरेका थिए । साथै थप आएकाहरुको बारेमा समेत वडा अध्यक्षहरुको नेतृत्वमा मोबाइल टोली बनाएर पता लगाउने काम भइरहेको उनले बताए । यसरी कोरोना जस्तो डर लाग्दो महामारी संक्रमणवाट नगरवासीलाई बचाउन मेयर बरबरियाको सक्रियताको सराहना भइरहेको छ ।
मेयर बरबरियाले नगरभित्र कसैले वाहिरी देशवाट आएकालाई लुकाएर राखेको पाइए कडा कारवाही गरिने समेत बताए । क्वारेन्टाइनमा खटने सम्पुर्ण चिकित्स, सफाईकर्मी सहितकालाई सम्पुर्ण सुरक्षा समाग्री समेत उपलब्ध गराईएको छ ।