एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म निरन्तर बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । भारतमा बैशाख २१ गते सम्म लकडाउन गर्ने निर्णय आजै घोषणा गरिएको हो ।