एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ :
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले वैशाख २ गते जुड़शीतल र सिरुवा पर्वको दिन विहान ७ बजे ७ मिनेट सम्म ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल वा आफूसँग जे छ, त्यो बजाएर ’एकता नाद’ सफल बनाउन आपिल गरेका छन् । कोविड १९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, समाजसेवी सबैलाई धन्यवाद ज्ञापन गर्न समेत सो एकता नाद आवयश्क रहेको डा. राउतले बताएका छन् ।


एकअर्कासँग सुरक्षित भौतिक दूरी राखेर आ–आफ्नो घर, छत र बाल्कोनीबाटै एकता नाद गर्न उनले फेसबुकवाट सवैमा आग्रह समेत गरेको छ । सम्भव भए सम्म घर भित्रै बसौं, लकडाउनको पालन गरौं, बाहिर निस्किनै परे भौतिक दूरी बनाएर मात्रै निस्कौ डाक्टरले सुझाव दिए अनुसार मास्कको प्रयोग गरौं, स्वस्थ खाना खाऔं, शारीरिक अभ्यास गरौं सहितको आग्रह समेत उनले गरेका छन् ।

डा.राउतको यस्तो अपिल भिडियो हेर्नोस

https://www.facebook.com/drckraut/videos/161828415080994/?tn=%2CdkC-R&eid=ARCPC7eY6956TV-cTZclrNSjmw_s04HVNLhHw7fgxcQ_hFbPiHiwtTmHKsCvY2W5mF30eL1HDtyP6eN9&hc_ref=ARRdGXnbjiOSwdCp_xWV88cHFkD8PQY98Y3ocBOugdZDu4I0vvRIEHk6Zlp8z3qz0-8