एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : कोरोना भाइरसको संक्रमण विश्वमा महामारीको रुपमा लिइसकेको वेला नेपालको ग्रामिण क्षेत्रमा अझै समेत सचेतनाको कमी रहेको समाजसेवीहरुले बताएका छन् । शनिवार हँसपुर नगरपालिकाका केहि गाँउहरुमा पुगेका समाजसेवी राजेश महतोले सचेतनाको कमी रहेको र सावुन तथा मास्कको प्रयोगमा अझै लापरवाही देखिएको बताएका छन् ।
यस्तो वेला ग्रामिण क्षेत्रका जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गाँउहरुमा पुगेका महतोले मास्क, साबुन र पञ्जा वित्तरण गर्दै गर्दा यस्तो पाएको बताए । केहि शैक्षिक संस्था तथा कलेजका सञ्चालक समेत रहेका महतोले नगरपालिका –७ स्थित नौवाखोर पर्साही स्थित कवारेन्टाइन् सहित स्थानियहरुलाई ५ हजार थान मास्क र ४ हजार थान साबुन वित्तरण गरेका छन् ।
त्यस्तै जोखिमका वेला अति आवयश्क सर समान बेच्ने गरेका स्थानिय किराना पसले सहित अन्य व्यापारीहरुलाई १ हजार थान पञ्जा समेत वित्तरण गरेर सचेत हुन सल्लाह दिएको महतोले एसपी खवरलाई बताए । शहरी क्षेत्रमा केहि संघ संस्थाले मास्क तथा राहतका समाग्री वित्तरण गरेपनि ग्रामिण क्षेत्रका जनताहरुमा राहतको अपुग र सचेतनाको अझै अभाव देखिएको महतोको भनाई छ । महतोले थप मास्क, साबुन र ग्लभस वित्तरण गर्ने आफ्नो योजना रहेको बताए ।