FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बिरगंजमा तिन भारितयमा संक्रमण देखियो, मस्जिदमा लुकेका दर्जनौं पक्राउ

बिरगंजमा तिन भारितयमा संक्रमण देखियो, मस्जिदमा लुकेका दर्जनौं पक्राउ

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० :
पर्साको वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको शंकाष्पद आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।
हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए । लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए । मौलाना असगरका अनुसार लकडाउनको समयमा उनीहरु मस्जिदमा बस्न दिन भने आए, त्यही बेला प्रहरीसँग समन्वय गरेर उनीहरु बेग्लै राखेको मौलना असगरको भनाई छ । उनीहरुसंग राम्ररी धेरै कुराकानी पनि नभएको बताउदै उनले घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल गएको बताउछन् । त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

मस्जिदमा लुकेर बसेका भारतीय सहित २६ जना नियन्त्रणमा

विरगंजका मस्जिदहरुमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती(धर्म प्रचारक) सहित थप २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती, वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा र्पुयाएको उनले बताइन् । यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको पुष्टी भएको समाचार आएको छ ।

अस्पतालको आइसोलेसनमा शुक्रबारदेखि राखिएका ३ जना भारतीय मुस्लिम जमाती, कोरोना संक्रमित भएको आशंका भएपछि प्रहरीले उनीहरु बस्दै आएको मस्जिदमा शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको हो । अनुसन्धान भइरहेको र अव अभियान चलाएर सम्र्पकमा आएका सवैलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।

उनीहरु दिल्ली र त्यस आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनीहरुले आफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ ३ महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको बयान दिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । शनिबार साँझदेखि क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिदै प्रहरी उपरीक्षक पन्तका अनुसार उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै राखिने छ । चैत २० गते पनि प्रहरीले पर्साकै विभिन्न मस्जिदमा लुकेर बसेको अवस्थामा २६ जना मुस्लिम जमातीलाई नियन्त्रणमा लिएको थियो। उनीहरु सबै बारा, रौतहट र सप्तरीका रहेकाले २ दिन क्वारेन्टाइनमा राखेर प्रहरीले उनीहरुलाई सम्बन्धित जिल्लामा पठाएको थियो ।

तस्वीरहरु : अन्नपुर्णपोष्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy