FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दुवै देश लकडाउनका बेला सिमापारी कसरी पुगे सांसद यादव ?

यादवलाई पनि कवारेन्टाइनमा राख्न गृहमान्त्रालयको निर्देशन

दुवै देश लकडाउनका बेला सिमापारी कसरी पुगे सांसद यादव ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ :
नेपाल र भारत दुवै देशको नाका सिल रहेको र दुवै देश लकडाउनमा रहेको वेला समाजवादी पार्टीका सांसद प्रदिप यादव सिमापारी पुगेर त्याहाँको कवारेन्टाइन घुमेर फर्किएपछि स्थानियमा त्रास उत्पन्न भएको छ । सीमावर्ती सहर रक्सौलमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भेट्न गएका कारण सांसद प्रदीप यादवलाई समेत क्वारेन्टाइनमा बस्नु पर्र्ने दबाब आएपछि सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । गृह मन्त्रालयले समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बुझिएको छ ।

उनी हालै मात्र भारतीय सीमा क्षेत्रमा नेपालीहरुलाई राखिएको क्वारेन्टाइन स्थल पुगेका थिए । त्यही कारण उनलाई क्वारेन्टाइनमा राख्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यादवलाई होम क्वारेन्टाइनमा राखिएको बताए । सांसद यादव सहित क्वारेन्टाइन स्थलमा पुगेका चारै जनालाई होम क्वारेन्टाइनमा राखिएको र निगरानी गरिरहेको सिडिओ कार्कीले बताए । दुवै देश लकडाउनमा रहेको अवस्थामा सांसद सीमापारी गएर आएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने माग चर्को रुपमा उठेको थियो ।

सांसद भारत प्रवेश गरेकोमा नेताहरुको शंका

पूर्वसंविधानसभा सदस्य विचारी यादवले रक्सौल पुगेर आएका सांसदलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् ।दुवै देश लकडाउन रहेको समयमा नेपाल भारत आवागमन बन्द रहेकोमा सांसद यादव कसरी भारत पुगे ? कस कसलाई भेटेर आएका छन, क–कसलाई लिएर आएका छन् ?’ प्रश्न गर्दै उनले सांसद यादव नियमाअनुसार १४ दिन क्वारेन्टाइन बस्नुपर्ने मांग गरेका छन् । सांसद यादव, दुई जना स्थानीय पत्रकारसहित ४ जनाको टोली रक्सौल पुगेर त्यहाँ क्वारेन्टाईनमा राखिएका नेपालीलाई भेटेर फर्केका थिए । सांसद यादवसहित रक्सौल पुगेर आएका ४ जना १४ दिनसम्म बाहिर निस्कन नपाउने प्रजिअ कार्कीको भनाइ छ ।
लकडाउनका कारण सिमापारी रोकिएका नेपालीको अवस्था बुझ्न बुधबार रक्सौल गएको सांसद यादवले स्वीकार गरेका छन् । सांसद यादवले क्वारेन्टाइनमा रहेकालाई सेनिटाइजर, मास्क, फलफूल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानी लगायत सामग्री समेत वितरण गरेर आएको बताए ।

सांसद यादवले आफु सांसद रहेकाले भारतमा रहेको नेपालीहरुको विषयमा सरकार जस्तै आफुहरुलाई समेत चिन्ता रहेको र आफुहरु उनीहरुको अवस्था बुझ्नका लागि विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गरेर भेटेर आएको बताए । होम क्वारेन्टाइनमा बस्न प्रशासनले आफूलाई आग्रह गरेको बताउँदै उनले त्यसका बारेमा सोच्न बाँकी नै रहेको बताए । मैले संक्रमितलाई भेटेर आएको हैन भन्दै सांसद यादवले उनीहरु १३ दिनदेखि क्वारेन्टाइनमा रहेको र कुनै लक्षण नदेखिएको बताए । उनले यस्तो वेला पनि आफु विरुद्व राजनिति भएको आरोप लगाए । रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा रहेका २५ जना मध्ये १६ जना नेपाली छन् । उनीहरुलाई रक्सौलमा स्थानीय प्रशासनले बस्ने, खाने, नियमित स्वास्थ्य जाँच लगायतको सुविधा उपलब्ध गराएको छ । प्रत्येकलाई विछ्यौना सहितको खाट, ओढ्ने र झुलसहित बिहान बेलुका खानाको समेत राम्रो प्रबन्ध रहेको क्वारेन्टाइनमा रहेको नेपालीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy