एसपी रिपोर्टर
जनकपुरधाम, चैत २२ : १२ औं दिनको निरन्तरको लकडाउनका बिच अभावको पिडा झेलिरहेकाहरुको सेवा र सहयोग गर्नु धर्म हो तर सहयोगको नाँउमा महामारी रोक्न अपनाइने उपाय अवलम्वन गर्नु समेत उतिकै आवयश्क छ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सहयोगमा जनकपुरधाम उद्योग बाणिज्य संघले संघकै प्राङ्गणमा गरिव र लकडाउन प्रभावितहरुलाई खाद्यान्न समाग्री वितरण गरेको कार्यक्रममा समाजिक दुरीको कुनै पालना नगरेको देखिएको छ । हुन त नेपाल अहिले सम्म जानकी माता र इश्वरको कृपाले हदै सम्म सुरक्षित देखिएपनि यस किशिमको लापरवाही सवैका लागि खतराजन्य हुन सक्छ ।
राहत समाग्री वितरणको नाउमा कारोनाको महाहारी रोक्न अपनाउनु पर्ने कुनै पनि उपाय नअपनाइएको देखिएको छ । खाद्यान्न लिन आएकाहरुको भिडभाड देखिएको छ भने उनीहरुलाई एक अर्का संग टासिएरै लाइन लगाएको देखिन्छ । अधिकांशले मास्क लगाएको देखिएपनि मास्क मात्र सुरक्षाको साधन होइन । कोरोनावाट बच्न एक अर्का बिचको दुरी र एक अर्कालाई छुन नहुने थाहा हुदा हुदै बैंक तथा संघ जस्तो जिम्मेवार निकायको यो दृश्य पच्ने लायक भने छैन ।
यस महामारीवाट बच्ने उपायहरु मध्ये सोसल डिसटान्स समेत एक महत्वपुर्ण हुने भएकाले नै लकडाउन लगाइएको कुरा बिर्सन हुदैन । १२ दिन निरन्तरको लकडाउन सफल पारेका हामीले अव यस्तो वेला यस्तो लापरवाही गर्नु ठिक होइन । संघ र बैंकले गरिव विपन्नका लागि राहत वितरणको काम सराहनिय रहेपनि अहिलेको महामारी र संक्रमण रोक्ने कानुको हिसावले तस्वीरमा देखिएका भिडभाड कुनै हिसावले उपयुक्त होइन । तसर्थ भोली हुन सक्ने सवै जोखिमहरु प्रति सजग रहदै सुरक्षाका सवै उपायहरु सक्दो अपनाएर मात्र यस्ता परोपकारी काम गर्न एसपी खवर सवैमा अपिल गर्दछ ।