त्रिलोक कुमार यादव ✍️
जनकपुरधाममा राजर्षिजनक बिश्वविद्यालयको स्थापना समाजमा शिक्षा स्तर उकास्न र प्राविधिक शिक्षालाई सरकारी स्तरबाटै सरल, शुलभ र सहज बनाउनका लागि हो । प्राचिन विद्वान र तपस्वीहरुको केन्द्र जनकपुरधामलाई पुनः शिक्षाको हब बनाउन जनकपुरधामका अभिभावक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी शिक्षा मन्त्री हुँदा यो बिश्वविद्यालयको सपना बुने तर त्यसबेला राजनितिक अनुकुलता अभावका कारण सम्भव हुन सकेन ।
२०५३ सालमा नेपाली कांग्रेसका नेता निधिले तत्कालीन जिविसका सभापति राम सरोज यादवसँग जनकपुरधाममै विश्वविद्यालय स्थापनाका विषयमा छलफल गरेका थिए । २०५३ भदौ ९ र १० गते तत्कालीन धनुषा जिल्ला विकास समितिको चौथो जिल्ला परिषद्ले एउटा प्रस्ताव पारित गरी राजर्षि जनक विश्वविद्यालय नाममा विश्वविद्यालय स्थापना गर्न माग गर्ने निर्णय गरेको थियो । यसका लागि धनुषा जिल्लाका तत्कालीन प्रत्येक गाविसबाट एक÷एक लाख रुपैयाँ अनुदान दिने निर्णयसमेत भयो । यसका अतिरिक्त जिविसले पाँच लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । धनुषाको तत्कालिन १ सय १ गाविसबाट एक÷एक लाखका दरले अनुदान दिने निर्णयसँगै कुल १ करोड ६ लाख रुपैयाँसहित विश्वविद्यालय स्थापना अभियान संस्थागत रूपमै थालनी भयो ।
नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधि ज्यू हार मान्नु भएन र उहाँकै पहलकमदी र अग्रसरतामा आखिरकार तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा जनकपुरधाममा प्राचीन मिथिलाका राजा जनकको नाममा विश्वविद्यालयको स्थापना ग¥यो । २०७४ साल असोज २६ मा तत्कालीन व्यवस्थापिका संसद्बाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएपछि मधेशमा पहिलो विश्वविद्यालय स्थापना गरियो । तत्कालिन संसद, राजनितिक दल, सरकार र राजनितिका अगुवाहरु पनि यसका साक्षी हुन ।
यो विश्वविद्यालय जनकपुरधामका ऐतिहासिक र सांस्कृतिक महत्त्वका कारण सँगै स्थापना गरिएको हो। जनकपुर, जसलाई प्राचीन भारतको महान विद्वान र राजा जनकको थलो मानिन्छ, त्यसले यो विश्वविद्यालयलाई विशेष सांस्कृतिक र ऐतिहासिक महत्त्व दिएको छ । यहाँको अध्ययन र अनुसन्धान क्षेत्र विशेष गरी सामाजिक विज्ञान, मानविकी, विज्ञान, प्राविधिक शिक्षा र व्यवसायिक शिक्षा आदिमा केन्द्रित छ ।
राजर्षि जनक विश्वविद्यालयको उद्देश्य क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट शिक्षा र अनुसन्धान प्रवद्र्धन गर्नु हो । यस विश्वविद्यालयले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई विभिन्न स्नातक, स्नातकोत्तर र डोक्टरेट स्तरका कार्यक्रमहरूको अवसर प्रदान गर्दछ । यस विश्वविद्यालयको स्थापना नेपालको पूर्वी भागमा शिक्षा प्रणालीलाई सुधार गर्न र विद्यार्थीहरूलाई आधुनिक शिक्षा प्रविधिहरूमा दक्ष बनाउने उद्देश्यले गरिएको हो । यस विश्वविद्यालयको संरक्षणका लागि नेता निधीको संघर्ष अझै पनि जारी नै छ । केहि महिना अगाडि मात्र नगराईन नगरपालिकाको वाडन नं. ४ फुलगामा धनुषामा रहेको गुठ्ठिको जम्मा १० बिघा जग्गा उहाँकै अगुवाई र पहलमा यस विश्वविद्यालयको नाममा ल्याउनका निमित्त काम भयो र उक्त जग्गाको नामसारी पनि यस विश्वविद्यालयको नामा भइसकेको छ ।
सो जग्गामा उपकुलपति, रजिस्ट्रार, डिन, परीक्षा नियन्त्रक कार्यालय तथा अनुसन्धान केन्द्र कार्यालयको भवन निर्माण प्रयोजनाका लागि उक्त जग्गामा भवन निर्माण शिर्षकमा बिश्वविद्यालय अनुदान आयोगद्वारा जम्मा १० करोड बजेट समेत बिनियोजन भइसकेको छ । पुर्व उपप्रधानमन्त्री निधी र उहाँको पार्टी नेपाली कांग्रेसले सदैव यस विश्वविद्यालयको हित, विकास र संरक्षणका लागि संघर्ष गरिरहेको छ । राजर्षि जनक विश्वविद्यालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा गत केहि महिना मात्र अगाडि नेता निधीले देशको प्रथम राष्ट्रपति डा. रामबरन यादवको उपस्थितीमा उपकुलपति ज्यूलाई भवन निर्माण गर्न आग्रह गर्दै चाहिने जतिसुकै बजेटका लागि पहल गर्न आफु हमेशा तयार रहेको भन्दै प्रतिवद्वता व्यक्त गरेको मलाई अझै स्मरण छ ।
तर दुःखद त के भने उपकुलपति ज्यूले अहिलेसम्म पनि भवन निर्माणको कुनै पनि चरण सुरुवात गर्न सक्नु भएको छैन । उपकुलपति, रजिस्ट्रार तथा क्यामपस प्रमुख नियुक्ति भएको २ वर्ष बित्न लाग्दा समेत अहिले सम्म बिश्वविद्यालय गुणस्तरीय रुपमा अगाडि आउन सकेको छैन । कर्मचारी, शिक्षक नियुक्तिमा समेत उपकुलपति, रजिस्ट्रार तथा क्याम्पस प्रमुख बिच भागबन्डा भएर मात्र कुनै नियुक्ती हुने गरेको छ । यतिमात्र होइन उपकुलपति, रजिष्ट्रार र क्याम्पस प्रमुखद्वारा कर्मचारी एंव शिक्षकहरूको सरूवा एंव जागिरबाट निश्कास्न गर्ने खालको धाक धम्की दिएर यातना दिने काम भई समेत भइरहेको छ ।
समय समयमा उपकुलपति, रजिस्ट्रार तथा क्याम्पस प्रमुखुले विश्वविधालयमा राजनितिकरण तथा विभिन्न षडयन्त्र गरि विधार्थीहरुमा भ्रम फैलाएर एक आपसमा लडाएर स्वार्थ पुरा गर्ने काम भइरहेको देखिन्छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ केन्द्रीय कार्यसमिति द्वारा आयोजित “जय नेपाल टि २० कप“ क्रिकेट प्रतियोगितामा सहभागी हुनका लागि यस राजर्षि जनक विश्वविद्यालयको उपकुलपति एंव क्याम्पस प्रमुखलाई आफुहरुले पत्राचार गरे पनि पत्र अनुसार दिएको समय सिमा भित्र उपकुलपतिले नेविसंघको कार्यक्रमलाई बहिष्कार गर्ने मानसिकता बनाएर असहयोग गर्नुभयो ।
टिम र विद्यार्थी खेलाडी छनौट देखि कप्तान र समाग्री सबै व्यवस्थापनमा नियोजित रुपमा ढिलाई गरेको क्याम्पस प्रशासन यस विश्वविद्यालयलाई “जय नेपाल टि २० कप“ को खेल बाट बाहिर हुनुपर्ने वातावरणको सृजना गरेर उल्टै नेविसंघको संगठनलाई बदनाम गराई षडयन्त्र तहत नेपाली कांग्रेसको सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसको पुर्व उपसभापति तथा पूर्व उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधि ज्यूको पुत्ला दहन गर्न लगाएर गलत काम गर्नुभएको छ ।
स्वयम स्ववियू समिति तथा विभिन्न संगठनलाई उस्काएर गरिएको सो गलत र असफल प्रयास अव आयिन्दा हुनु भएन । उपकुलपति एंव विश्वविद्यालयका पदाधिकारीहरूले यस बिश्वविधालयमा राजनीतिकरण गर्न बन्द गरेर बिश्वविद्यालयको स्थापनाको मुल मर्म र उद्देश्य प्राप्तीका लागि अग्रसरता देखाउनु पर्दछ । बिश्वविद्यालयको संस्थापक र अभिभाभवकै पुत्ला पुतला दहन भएको प्रति विश्वविद्यालयको सबै पक्ष क्षमा मागि आफ्नो गल्तीलाई स्वीकार गर्नुपर्दछ, आज बिश्वविद्यालय छ र हामि कोहि बिद्यार्थी त कोहि उपकुलपति छौं र पढन पढाउन पाएका छौं, हाम्रो गौरवमय महान संस्थाको स्थापनामा अग्रणी भुमिका निर्वाह गर्ने नेता र अभिभावककै विरोध किमार्थ स्वीकार्य छैन ।
लेखक यादव बिश्वविद्यालयमा नेविसंघबाट स्ववियु सभापतिका प्रत्यासी हुन