एसपी रिपोर्टर
जनकपुरधाम, पुष १२ :
जसपाले विरोधका कार्यक्रम निरन्तर जारी राखेको छ । जसपाको पुर्व निर्धारित विरोधका कार्यक्रम बमोजिम जनकपुरधाममा आज पनि विरोध प्रर्दशन गरिएको छ । विरोध प्रदर्शनमा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र प्रतिनिधीसभा सांसद प्रमोद साह समेत सहभागि भएका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको र त्यस माथी अलिकति पनि बिचार नगरि राष्ट्रपती विद्यादेवी भण्डारी लालमोहर लगाएपछि देश भरिमै त्यस निर्णयको चर्को आचोलना भइरहेको छ । प्रदर्शनमा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र उपमेयर रिता झा सहित जिल्लाका नेताहरुका साथै युवा र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

जसपा मात्र नभई नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समुह समेत सरकारको विरोधमा सडकमा उत्रिएको अवस्था छ । एता राजावादी शक्तिहरु समेत सडकमा छन् । प्रधानमन्त्री ओलीको कदम पछि देश पुनः अनिर्णयको बन्दी बनेको विश्लेषण भइरहेको छ ।