एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
महोत्तरीको मटिहानी नगरपालिका-७ का गंगाराम मण्डल रसुवा बाढीमा बेपत्ता भएको ३२ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको छ।

लामो समयसम्म उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। संस्कारमा उनका १७ वर्षीय छोरा आदित्यराज मण्डलले मुखाग्नि दिएका थिए।

गंगाराम गत भदौ ९ गते परिवारसँग कुराकानी गरेपछि सम्पर्कविहीन भएका थिए। उनी रसुवामा पर्यटकलाई मानसरोवर यात्रा गराउने रिचा ट्रेकमा कुकका रूपमा कार्यरत थिए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार रसुवा बाढीमा बेपत्ता भएका जिल्लाका ९ जना अझै सम्पर्कविहीन छन् भने ८ जना सम्पर्कमा आएका छन्।