एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : जनकपुरधाममा आफनै श्रीमानको एसिड आक्रमणवाट घाइते भएकी पिडितालाई जनकपुरधाम स्थित मुस्लिम युवाहरुको समुह रहीम युवा समाज नेपाल–कतारले नगद रु ११ हजार सहयोग गरेको छ । केहि दिन अगाडि मात्र जनकपुरधाममा केहि हिन्दु युवाहरुको समेत सहभागितामा गठन गरिएको समाजका अध्यक्ष जानी खानले पिडताको उपचार भइरहेको काठमाण्डौंको क्रितिपुर हस्पिटलमै पुगेर सो सहयोग गरेका छन् ।
एसिड आक्रमण घटनाका पिडिता जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ की आरती साहकी बुवालाई सहयोग राशी बुझाएको खानले बताए । समाज नेपाल–कतारमा आवद्व युवाहरुको तलववाट सो सहयोग रकम जुटाइएको खानले बताए । समाजले घटनाका दोषी उपर कडा भन्दा कडा सजाय हुनु पर्ने र आरतीको उपचारका लागि निजी तथा राज्य स्तरवाट समेत सहयोगको पहल हुनुपर्ने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।