एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : दिनेश चन्द्र गोपालद्वारा मैथिलिमा अनुवादित हरितालिका पूजाविधि तथा व्रत कथा पुस्तकको लोकापर्ण गरिएको छ । आज श्री जानकी मन्दिरमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले र जिल्ला प्रशासन कार्यालय धनुषामा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई द्वारा व्रतकथा पुस्तकको लोकार्पण गरिएको छ ।
आउनै लागेको हिन्दु नारीहरुले मनाउने महान पर्व हरितालिका तिजको पुजाविधी तथा व्रतकथा मैथिलि भाषामै उपलब्ध हुने भएपछि मिथिलाञ्चलका नारीहरुलाई झनै सहज हुने भएको छ । लकडाउन र महामारीकै बिच पुस्तक प्रकाशन भएर आएको र हरितालिका तिज पर्वको आउन केहि दिन मात्र वाँकी रहकाले उपयोगी पुस्तकका बारेमा सक्दो सुचना शेयर गरिदिन हुन र एक अर्कालाई जानकारी गराइदिन हुन प्रकाशकले सवैमा आग्रह गरेको छ ।