एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : श्री राम युवा कमिटिका पुर्व अध्यक्ष तथा पार्टीका क्रियासिल सदस्य समेत रहेका जनकपुरधाम वडा नं. ६ निवासी सोहन ठाकुरको निधन प्रति नेपाली कांग्रेस जनकपुरधाम दुःख तथा शोक व्यक्त गरेको छ । नगरकार्यसमिति कांग्रेसले शोक सन्देश जारी गर्दै क्षेत्र नं. ३ का कोषाध्यक्ष मोहन ठाकुरका भाइ समेत रहेका ठाकुरको निधनले नगरकार्यसमिति सहित पार्टीनै स्तब्ध भएको बताएको छ ।
नगर सचिव रविन्द्र कुमार सिंहद्वारा जारी शोक सन्देशमा भनिएको छ, ‘ठाकुरको निधनले एक कुशल संगठनकर्ता तथा समाजसेवी व्यक्तित्व गुमाउनु परेको पिडा छ, स्व. ठाकुर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामनाका साथ शाोकाकुल परिवारजनमा धैर्य धारणको शक्तिका लागि माता जानकी संग प्रार्थना गर्दै नेपाली कांग्रेस परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।’
करिव सात महिना अगाडि मात्र ट्रिपरको ठक्करले श्रीमती गुमाएका ठाकुरको शनिवार विहान काब्या अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व. ठाकुरको तिनछोरा र एक छोरी छन् ।