एसपी रिपोर्टर
काठमाणडौँ,साउन १३ : मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।६ दिनमै सुनको भाउ ४ हजार ६ सय घटेको छ । साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ भने ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २२९५ रुपैयाँ रहेको चाँदी आज २३ सय रुपैयाँ पुगेको छ ।





