एसपी रिपोर्टर
काठमाणडौँ , साउन ८
: सुनको भाउ आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ  तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो ।