एसपी रिपोर्टर
जनकपुरधाम , साउन ४
: आन्तरिक राजस्व कार्यालय जनकपुरले सात वर्षपछि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ९० करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जबकी गत आवमा ४ अर्ब ८८ करोड ६८ लाख २४ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।गत आवमा संकलित राजस्व लक्ष्य अनुसारको औसत १००.३४ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए ।गत आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यालयको ४ करोड ४६ लाख ९३ हजार लक्ष्य रहेकोमा मात्र  ३ अर्व ८२ करोड ८५ लाख राजस्व संकलन भएको थियो ।त्यसको तुल्नामा पछिल्लो यस आवमा १ अर्ब ७ करोड ५७ लाखले राजस्व वृद्धि भएको कर अधिकृत गुप्ताले बताए ।विगत ७ वर्षपछि मात्र लक्षित राजस्वको शत प्रतिशत प्रगति हासिल भएको उनको भनाइ छ । प्रमुख कर अधिकृत गुप्ताले बक्यौता रकम असुलीमा कडाई गर्दै बजार अनुगमन, करको दायरा विस्तार, करशिक्षा कार्यक्रम लगायतका कार्यहरुले गर्दा राजस्व असुलीमा टेवा पुगेको बताए ।‘राजस्व बक्यौता रहेका करदाताहरुलाई समयमा नै कानूनी कारवाही र नियमित फोन, एसएमएस, पत्राचार लगायतका कार्यहरुले गर्दा राजस्व संकलनको लक्ष्य पुगेको हो’, उनले भने ।यस कार्यालयको कार्य क्षेत्र धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली रहेको थियो ।