एसपी रिपोर्टर
काठमाणडौं, २३ : सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार उनीहरुले आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।उनीहरुले २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठी आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।





