एसपि रिपोर्टर
काठमाणडौँ, असार ९ : सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडक पूर्णरूपमा बन्द भएको छ ।
पूर्वी नवलपरासी, बिनयी त्रिवेणी गाउँ पालिका -३ सर्दि स्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षाफौज परिचालन गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसै गरी आज बिहानको वर्षाले बजे गोरखा जिल्ला गोरखा नगरपालिका- ८ ढुङगागाडे स्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।



