एसपि रिपोर्टर
पर्सा, असार ९
: भारतबाट अवैध रूपमा भित्रिएको २ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले धोबिनी गाउँपालिका-१ घोडदौडाबाट भारतबाट चोरी पैठारी गरी भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको २५ कार्टुनमा रहेको २ हजार ५ सय वटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला आइतबार नियन्त्रणमा लिएको थियोे । उक्त चल्ला आवश्यक प्रक्रिया पूरा गरी सशस्त्र प्रहरीको नं १३ गण परिसरभित्र नष्ट गरिएको छ ।पैठारी कार्यमा संलग्न पर्सा जगरनाथपुर गाउँपालिका-२ का ५० वर्षीय साबिर अन्सारीलाई उनको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।