एसपि रिपोर्टर
जनकपुर , असार १ : मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुरु भएको छ । झन्डै २ घण्टा ढिलो गरी बजेट भाषण सुरु भएको हो ।
बजेट भाषणका लागि आज ४ बजेको कार्यतालिका थियो । तर मन्त्रिपरिषद्को बैठक ढिलो गरी सकेकोले बजेट भाषणमा ढिलाइ भएको हो । सभामुख रामचन्द्र मण्डलले आगामी आर्थिक ०८२ र ०८३ को बजेट प्रस्तुत गर्न अनुमति दिएसँगै अर्थमन्त्री सुनिल यादवले बजेट भाषण सुरु गरेका हुन् । आगामी आर्थिक वर्षको लागि बजेट मन्त्रिपरिषदबाट पारित भएपछि बजेट भाषण सुरु गरिएको हो ।



