एसपि रिपोर्टर
काठमाणडौं , असार १ : बेलायती नौसेनाको फाइटर जेट एफ–३५ ले भारतमा आकस्मिक अवतरण गरेको छ ।
विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो ।विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ । भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि विमान पुनः उड्ने बताइएको छ । घटनाबारे अरू धेरै जानकारी आउन बाँकी छ । विमानले शनिबार राति ९ः३० बजेतिर सुरक्षित अवतरण गरेको विमानस्थलका अधिकारीले भनेका छन् ।विमान बेलायतको क्यारियर स्ट्राइक ग्रुपको सहायक कम्पनी एचएमएस प्रिन्स अफ वेल्सको थियो । यही हप्ता भारतीय जलसेना र बेलायतको क्यारियर स्ट्राइक ग्रुपले पश्चिम अरब सागरमा संयुक्त अभ्यास गरेका थिए ।तिरुवनंतपुरम केरलामा रहेको चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो ।



