एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : मधेसका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले भौतिक संरचना मात्रै निर्माण गर्नु संघियताको कार्यान्वय गर्नु नरहेको बताउनु भएको छ । स्थानीय तहको कानून तर्जुमा सम्बन्धी अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघियता कार्यान्वयनको अर्थ भौतिक संरचना निर्माणमा केन्द्रित हुनु मात्रै नरहेको बताउनु भयो । तर हामी संघियताको नाममा अर्को सिंहदरबार खडा गर्दैछौँ, यसले संघियता संस्थागत नहुने उहाँको भनाई थियो ।
उहाँले संघियताको अभ्यासकालागि वर्तमान संविधान तथा कानूनको विषयमा समेत गहन छलफल तथा विमर्ष हुनु आवश्यक रहेको बताउनु भयो । मन्त्री लेखीले संघ, प्रदेश तथा स्थानीय तहबिचको अधिकार नबाँझिने गरी संविधान कार्यान्वयन तथा कानून निर्माणमा समेत जोड दिनुभयो ।
अहिलेको संविधानप्रति केही असन्तुष्टी हुन सक्छन् तर वडादेखि केन्द्रसम्म दलित, जनजाति, मुस्लिमसम्मको प्रतिनिधित्व यही संविधानले सुनिश्चत गरेकाले यसलाई ठूलो उपलब्धिको रुपमा लिनु आवश्यक रहेको बताउनुभयो ।