एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : धनुषा सिरहालाई जोडने हुलाकी राजमार्गको मुख्य मेरुदण्ड मानिएको बहुप्रतिक्षित कमला पुल निर्माणका लागि दबाब दिने उद्देश्यले मधेश सरकारको प्रशासनिक भवन अगाडि सिरहाका १० जना युवाहरु आमरण अनसनमा बसेका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको मुख्य प्रवेशद्वारा अगाडि टेन्ट पण्डला बनाएर सिरहा नगरपालिकाका ८ र औरही गाँउपालिकाका दुईजना वडा अध्यक्ष सहित कुल दश जना युवाहरु आमरण अनसनमा बसेका छन् ।
अनसन बस्नेहरुमा संर्घष समितिका संयोजक तथा कर्मचारी समेत रहेका ई. प्रवीण कुमार यादव, सिरहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समसाद आलम, शैलेष यादव, भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईन्द्रजित यादव, औरही गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र यादव, औरही गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष जीवछ प्रसाद यादव, शिवशंकर यादव, मनिष कुमार यादव, रुपेश कुमार यादव छन् । उनीहरुले संघिय सरकार मधेशको लाइफ लाइन हुलाकी राजमार्ग र त्यसको मुख्य एक स्तम्भ मानिएको कमला पुल बनाउन उदासिन देखिएकाले मधेश सरकारलाई दबाब दिन आमरण अनसन थालिएको बताए ।
पहाड र चुरेर बिनाश गरेर रातारात पहाडी राजमार्ग बनाउने सरकार ढलेको पुललाई अव मर्मत गर्ने, प्रक्रिया पुरयाउने सहितको बाहानामा कमला पुल बनाउन नचाहेको उनीहरुको आरोप छ । अभियन्ता राम रिझन यादवले मधेशमा सुगमता र संघियतालाई थप मजबुत र्पान पुल हरेक मधेशीका लागि आवयश्क रहेको र सघिय सरकार सम्पन्न गर्न आनाकानी गरिरहेको औंल्याए ।
एता मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाबाट जुलुस सहित आएका अभियानीहरुले आफुलाई एक साता पहिला ज्ञापन पत्र बुझाएकै दिन मन्त्री परिषदको निर्णय सहित संघिय सरकारको जिम्मामा रहेको कमला पुल निर्माणको मांग गर्दै संघिय भौतीक पुर्वाधार र प्रधानमन्त्री कार्यालयमा पत्र पठाइसकेको जानकारी गराउदै एति सक्रियताका बाबजुद पनि आमरण अनसन हुनु प्रचारवाजी र चर्चा कमाउने काम मात्र रहेको बताए ।
उनले हुलाकी सडकमा पर्ने कमला पुल निर्माणको जिम्मा संघिय सरकारको रहेको र सो अनुपातको बजेट प्रदेश सरकारले एकै पटक दिन नसक्ने पनि भएकाले आफुहरु प्रयास गरिरहेको र संघिय सरकार उदासिन देखिए आफै पुल बनाउन पनि के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश भौतीक पुर्वाधार मन्त्रालयको नेतृत्वमा समिति समेत बनाइसकिएको अनसन स्थल पुगेका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले बताए ।
यादवले तत्कालै यो अनसनको कुनैपनि औचित्य नरहेकाले तत्काल स्थगित गर्न अनसनकारीहरुलाई आग्रह गरेका छन् ।