एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ : 

जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा सुधारका लागि सम्बन्धित पक्षसंग सम्वाद अगाडी बढाएको छ । उपमहानगरको शैक्षिक सुधारका लागि उपमहानगरले समुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग सम्वाद गरेको केही दिन नबित्दै निजि विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसंग सम्वाद तथा छलफल गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको उपस्थितिमा निजि विद्यालयका संचालक तथा प्रधानाध्यापकहरुसंग विद्यालय सुधारका लागि अपनाउन सकिने उपायका विषयमा छलफल गरिएको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
छलफलमा उपस्थित नगरप्रमुख साहले नगर भित्रका विद्यालयहरुमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथी निगरानी, परिक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले बिना इजाजत संचालित विद्यालयलाई कारबाही गर्न तयार रहेको तर संघिय शिक्षा ऐन नहुँदा कतिपय कमद चाल्न कठिनाई भईरहेको बताए ।
२०२८को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको जानकारी दिँदै उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हरसम्भव प्रयास गरिने बताए ।