एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
जनमत पार्टीको धनुषा क्षेत्र नम्बर ३को क्षेत्रीय कमिटीले दिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जनमत पार्टीको धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीको विभिन्न पालिका तथा वडाहरुको विषयमा समिक्षा गरिएको थियो ।
पछिल्लो समय पार्टीको गतिविधि तथा संगठन विस्तारमा देखिएका समस्याप्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अथिती जनमत पार्टीका केन्द्रिय कार्यकारणी सदस्य तथा गैरआवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष शम्भुनाथ साहले पार्टीलाई मजबुत बनाउनका लागि संगठन विस्तारमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
सो कार्यक्रममा कार्तिक २१ ग्ते जनकपुरधाम तथा जलेश्वरमा पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुने कार्यक्रमको तयारी सम्बन्धमा समेत छलफल गरिएको थियो ।