एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : जनकपुरधामका ब्याहुत कलवार समुदायले आफना कुलदेवता भगवान बलभद्रको जयन्ती भब्यताका साथ मनाइरहेका छन् । बलभद्र जयन्तीको अवसरमा विहिवार समुदायले जनकपुरधाममा भब्य शोभायात्रा निकाल्नुका साथै विभिन्न धार्मिक तथा शैक्षिक कार्यक्रम समेत गरेको छ ।

जनकपुरधामको कलवार कुट्टिबाट निक्लेको शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: कलवार धर्मशाला पुगेको थियो । शोभायात्रामा ब्याहुत कलवार सेवा समितिका पदाधिकारी, सदस्य, समुदायको अगुवा र पुर्व नेतृत्वहरु सहित महिलाहरुको पनि बाक्लो उपस्थिती थियो ।

त्यसैगरि जयन्तीको अवसरमा विभिन्न धार्मिकका साथै शैक्षिक कार्यक्रम समेत गरिएको छ । समुदायको युवा मञ्चले आयोजना गरेको चित्रकला प्रतियोगीतामा समुदायका बालबालिकाहरु आ आफनो चित्रकला प्रस्तुत गरे । उनीहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । साथै जयन्तीकै अवसरमा समितिको साधारणसभा समेत सम्पन्न भएको समितिले जनाएको छ ।
